linktrix Long Ad
Salt Trading Long Ad

धरौटी बुझाएर रिहा भए बीरगंजका मेयर सिंह

910
shares

वीरगञ्ज । लिखित सम्बन्धि कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन् ।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले लिखित सम्बन्धि कसुरमा प्रमुख सिंहलाई चार लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी रिहा भएका हुन् ।

यस्तै, उनले झुठा विवरण पेस गरेर नागरिकता बनाएको अर्को कसुरमा भने १५ हजार धरौटी तिरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार वीरगञ्ज महानगरका प्रमुख सिंहलाई लिखतसम्बन्धी कसुरमा पक्राउ गरेर पर्सा जिल्ला अदालतमा पेस गरेको थियो ।

नगर प्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखितसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports