प्रधानमन्त्री साहको भनाईप्रति रास्वपाको धारणा के ?
वि.सं.२०८३ जेठ २१ बिहीवार १२:०६
shares

काठमाडौ । प्रधानमन्त्री बालेन साह हत्तपत्त संसदमा उपस्थित नै हुन चाहँदैनन् । संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नको उत्तर दिन नचाहने प्रधानमन्त्री साहले जेष्ठ १७ गते संसदमा अचानक उपस्थित भएर विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले सांसदहरुले लिखित रुपमा राखेको प्रश्नको उत्तर दिँदै भारतले मात्र होइन नेपालले समेत भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भएको छ । संसदमा रहेका विपक्षी दलहरु संसद बाहिर रहेका राजनीतिक दल, कुटनीतिज्ञहरु र सिमाविद्हरुले समेत प्रधानमन्त्री साहको उक्त भनाईको तिव्र विरोध गरेका छन् ।
प्रधानमन्त्री साह नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति विवादमा तानिएका हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक बारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमनत्री साहको यो अभिव्यक्तिलाई लिएर संसदभित्र र संसद बाहिर पनि तिव्र आलोचना भएको छ । प्रधानमन्त्री साहले आफू प्रधानमन्त्री भएपछि मात्र भारतको भूमि नेपालले मिचेको मैले थाहा पाएको हुँ भारतको थुप्रै जग्गा नेपालले मिचेको रहेछ प्रधानमन्त्री साहले संसदमा जेष्ठ १७ गते भनेका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर चारैतिरबाट तिव्र असन्तुष्टि जनाइएको छ । सांसदहरुले प्रधानमन्त्री साहको उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखसँग माग समेत गरेका छन तर सभामुख समेत रास्वपाकै नेता रहेकाले उनले अभिलेखबाट उक्त अभिव्यक्ति हटाउने, नहटाउने केही बोलेका छैनन् भने कुटनीतिज्ञ तथा सिमा मामिलाका विज्ञहरुले प्रधानमन्त्री साहले संसदमा बोलेजस्तो नेपालले भारतीय भूमि नमिचेको बताएका छन् । प्रधानमनत्री साहले उक्त अभिव्यक्ति दिएकै दिन भारतका एक सुरक्षा विज्ञ एसडीमुनीले प्रधानमन्त्री साहलाई बधाई दिएका हुनाले प्रधानमन्त्री साहको उक्त भनाईप्रति विपक्षी दल र राजनीतिज्ञहरुले कटु आलोचना गर्दै प्रधानमन्त्रीले सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्ने बताएका छन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको छ भने तत्कालिन प्रधानमन्त्री केपी ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको रहेको भन्दै नेपालको चुच्चे नक्सा नै प्रकाशित गरेर विश्वसामू प्रष्ट पारेका थिए भने नेपाली नोटमा र डलरमा समेत नेपालको चुच्चे नक्सा राखेर नोट प्रकाशित भई सकेको र तत्कालिन सांसदले एकस्वरमै ती क्षेत्र नेपालको भएको विधेयक नै पारित गरिसकेको छ ।
अघिल्लो सरकारले गरेका निर्णयहरुलाई स्वीकार गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री बालेन साहले नेपाली जनताको अपमान गर्दै नेपालले भारतीय भूमि मिचेको छ भने गलत अभिव्यक्ति दिएका हुनाले उनले नैतिकता भए राजीनामा दिनुर्पछ आफ्नै भूमिलाई भारतीय भूमि भन्ने व्यक्ति नेपाली हुन सक्दैनन् । दशगजामा दुवै देशमा व्यक्तिले खेती किसानी गरेको हुन सक्छ त्यसलाई भूमि मिचेको भन्न सकिँदैन ।






































