गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रवेश

416
shares

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको छ ।

स्पेनले खेलको इन्जुरी समयमा गोल गरेको हो । खेलको एकमात्र निर्णायक गोल मिकेल मेरिनोले इन्जुरी समय (९० प्लस १ औं मिनेट)मा गरेका थिए ।जितसँगै स्पेनले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्‍यो । साथै, स्पेनले विश्वकपको इतिहासमा लगातार ६ खेलसम्म पूरै खेलभरि विपक्षी टोलीलाई कुनै पनि गोल गर्न नदिने अवस्था कायम राख्ने पहिलो टोली बन्दै कीर्तिमान कायम गरेको छ ।

अब क्वार्टरफाइनलमा स्पेनले अमेरिका र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।यता हारसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको सन् २०२६ को विश्वकप यात्रा टुंगिएको छ । खेलअघि नै रोनाल्डोले यो आफ्नो खेल जीवनको अन्तिम फिफा विश्वकप हुने बताएका थिए ।

रोनाल्डोले विश्वकपका २७ खेलमा ११ गोल ​​गरे भने लगातार छ वटा विश्वकप संस्करणमा गोल गर्ने पहिलो पुरुष फुटबलरको कीर्तिमान पनि कायम गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports