अमेरीकी राष्ट्रपति ट्रम्पको दावी, इरानको हिट लिस्टमा छु अहिलेसम्म भाग्यले बाचेको छु
वि.सं.२०८३ असार २५ बिहीवार ०९:४६
shares
काठमाडौं । मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव चरम बिन्दुमा पुगेको छ । दुई देशबीचको युद्धविराम र शान्ति सम्झौता पूर्ण रूपमा समाप्त भएको छ ।
हालै इरानी सेनाले मुख्यतया कतार र साउदी अरबका तेल ट्यांकर लगायत तीनवटा पानी जहाजलाई निसाना बनाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले इरानमाथि ठूलो हवाई आक्रमण गरिरहेको छ । सुरक्षा चुनौती र तनावबारे बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ज्यान सधैं जोखिममा रहेको बताएका छन् ।
नेटो शिखर सम्मेलनपछि एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानीहरूको ‘हिट लिस्ट’ (मार्नुपर्ने व्यक्तिको सूची)मा आफ्नो नाम शीर्ष स्थानमा रहेको दाबी गरेका हुन् ।ट्रम्पले भने, ‘उनीहरूको हिट लिस्ट सूचीमा म सबैभन्दा माथि छु । अहिलेसम्म मेरो भाग्यले साथ दिएको छ, तर यो अवस्था धेरै लामो समयसम्म नटिक्न सक्छ ।’
ट्रम्पले अमेरिका र इरानबीचको युद्धविराम समझदारी पत्रबारे भने, ‘रातारात इरानमाथि गरिएको नयाँ अमेरिकी आक्रमणपछि उक्त समझदारी पत्र अब समाप्त भएको छ ।’





































