विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इरानका धेरैसहरमा अमेरिकी हवाई आक्रमण जारी

429
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्धविराम समाप्त भएको बताएको केही घण्टामै अमेरिकी सेनाले इरानमाथि फेरि विनाशकारी आक्रमण सुरु गरेको छ ।

अमेरिकी सेनाले मिसाइल र बमबारीको शृङ्खलाबद्ध आक्रमण जारी राखेको हो । यो भीषण र आक्रामक हमलाले इरानका सैन्य संरचनाहरूलाई तहसनहस पारेको अमेरिकी सेनाको दाबी छ ।कोनारक र चाबाहार लगायत इरानका धेरै सहरहरूमा अमेरिकी सेनाको हवाई आक्रमण जारी छ । आक्रमणका कारण चाबहारका विभिन्न भागमा पूर्ण रूपमा विद्युत् आपूर्ति बन्द भएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास क्षेत्रमा आठवटा ठूला विस्फोटका आवाज सुनिएको छ ।अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकाले इरानको सैन्य क्षमतालाई लक्षित गरी आक्रमण गरेको हो । यो आक्रमणहरूले इरानको तटीय राडार, जहाज–विरोधी क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीहरूलाई पूर्ण रूपमा ध्वस्त पारेको छ । यसअघि, मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports