२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान सशोधन कार्यदलको नियतमाथि प्रश्न उठाउँदै एमाले बाहिरियो

858
shares

काठमाडौं । नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै कार्यदलको कामकारबाही ‘सन्दिग्ध’ रहेको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममा प्रहार गर्न खोजेको आरोप लगाउँदै प्रतिनिधि फिर्ता बोलाइएको जानकारी गराएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम गठित उक्त कार्यदलमा एमालेका तर्फबाट डा. भीष्म अधिकारी सहभागी थिए । तर, कार्यदलको कार्यशैली र उद्देश्यप्रति असन्तुष्टि जनाउँदै एमालेले आफ्ना प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको हो ।एमालेले कार्यदलको काम सुरूदेखि नै सन्दिग्ध प्रकृतिको रहेको दाबी गरेको छ । संविधान संशोधनका विषयहरू स्पष्ट नगरिएको र वर्तमान संविधानको आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको सो पार्टीको ठहर छ
संशोधनका लागि बहसमा ल्याइएका कतिपय विषय संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा देखिएको एमालेले जनाएको छ । यसबारे सरकारको भूमिका स्पष्ट पार्न माग गर्दा पनि कुनै सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ ।वर्तमान संविधानका आधारभूत विषयलाई सुदृढ बनाउन र विगतका कमजोरी सुधार्न एमाले प्रतिबद्ध रहे पनि कार्यदलले व्यवस्थालाई नै खलबल्याउने उद्देश्य राखेको एमालेको जिकिर छ ।

यसअघि ४ वटा दलहरू कार्यदलबाट बाहिरिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports