विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणेश नेपालीको परिवार र सरकार बीच सहमति

195
shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेर उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवार र सरकारबीच सहमति भएको छ ।

सहमति भएसँगै परिवार शव बुझ्न तयार भएको हो । सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।यस्तै, छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ। घटनाको दिन ड्युटीमा रहेका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरी छानबिनको दायरामा ल्याउन महानगरलाई पत्राचार गरिने पनि सहमतिमा उल्लेख छ।

सहमतिअनुसार काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउनेछ भने छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्नेछ। साथै, कार्यपालिका बैठकबाट निर्णय गरी मृतकको आश्रित परिवारलाई राहतस्वरूप उचित रकम उपलब्ध गराइनेछ।त्यस्तै, मृतकको अन्त्येष्टिका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन, काठमाडौंमा काजकिरियासम्बन्धी खर्च तथा एकाघरका आफन्तको यातायात र बसोबास खर्च महानगरपालिकाले बेहोर्ने सहमति भएको छ। मृतकका परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ।

यसैगरी, पीडित परिवारले शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया पूरा गर्न सहयोग गर्ने तथा सहमतिपछि अन्त्येष्टि गर्ने सहमति भएको छ।सहमतिपछि गणेश नेपालीको मृत्यु प्रकरणमा जारी आन्दोलन अन्त्य हुने र शव व्यवस्थापनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports