गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरूङ सहभागी भएनन

221
shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र गृहमन्त्री सुधन गुरुङ उपस्थित भएका छैनन् ।

सुनसरी घटनाको विषय लगायत समसामयिक विषयमा छलफल गर्न सभापति लामिछानेले बोलाएको बैठकमा प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङ सहभागी नभएका हुन् ।सुनसरीमा एक जनाको मृत्यु हुनेगरी भएको घटनापछि सरकारको आलोचना भइरहेको छ भने तराई–मधेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।

तर, सोही विषयमा छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै उपस्थिति छैनन् ।सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरूको अनुपस्थितिले राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेको छ ।सिंहदरबारमा बसिरहेको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी भएका छन् ।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports