linktrix Long Ad
Salt Trading Long Ad

सुनसरी घटनामा घाईते भएका युवकको उपचारकै क्रममा निधन

364
shares

सुनसरीमा भएको घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

गत आइतबार राति देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको झडपको क्रममा गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।

मृतक कप्तानगन्जका २१ वर्षीय जयप्रकाश मेहता हुन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो। उपचारको क्रममा आज मृत्यु भएको डिआइजी काफ्लेले जानकारी दिए।डिआइजी काफ्लेका अनुसार उनको पेटमा गोली लागेको थियो। घटनामा घाइते अवस्थामा रहेका ८ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मृतक मेहता सिटी सफारी चलाउँथे।यसअघि आइतबारको घटनामा स्थानीय देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। योसँगै मृतकको संख्या दुई पुगेको छ। सुनसरीका विभिन्न स्थानमा कर्फ्यू पनि जारी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports