आज शुक्रवार सुनको मूल्य १००० ले बढ्यो, कतिमा हुदैँछ कारोवार ?
वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२७
shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढी हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
१० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यही परिमाणको सुन २ लाख ४३ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ, जुन बिहीबारको मूल्यभन्दा ५० रुपैयाँले बढी हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा विश्व आर्थिक गतिविधिको प्रभावअनुसार दैनिक रूपमा परिवर्तन हुने गरेको छ । नेपाली बजारमा महासंघले सोही आधारमा दैनिक नयाँ मूल्य निर्धारण गर्दै आएको छ ।





































