linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीले मधेशकेन्द्रीत अभियान चलायो, एआईजी देखी एसएसपी सम्मलाई फिल्डमा खटायो

169
shares

काठमाडौं । नेपाल प्रहरीले मधेशको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै एआईजीदेखि एसएसपीसम्मलाई विभिन्न जिल्लामा खटाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार हालको विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनका लागि त्यसकिसिमको नीति अबलम्बन गरिएको हो ।

खटिएका उच्च अधिकृतले प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, सहजीकरण गरी समस्या तथा गुनासो सुन्ने, परिस्थितिलाई काबु बाहिर जान नदिने काम गर्ने उनले बताए ।

‘समयमै स्थितिको सामान्यीकरण गर्ने र भए गरेको विवरण आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी खटाइएको हो’, डीआईजी काफ्लेले भने ।

खटिएका उच्च अधिकृतहरु

एआईजीहरु

सिद्धीविक्रम शाह, बाँके

हिमालयकुमार श्रेष्ठ, मधेश प्रदेश

उमाप्रसाद चतुर्वेदी, कपिलवस्तु

ईश्वर कार्की, कोशी प्रदेश / सुनसरी

डीआईजीहरु

दिनेशकुमार आचार्य, सिराहा

अबिनारायण काफ्ले, सप्तरी

एसएसपीहरु

गोपालचन्द्र भट्टराई सर्लाही

सोमेन्द्रसिंह राठौर, पर्सा

दीपसमशेर जबरा, रौतहट

नवराज अधिकारी, चितवन

कृष्णप्रसाद पंगेनी, महोत्तरी

होबिन्द्र बोगटी, बारा

ज्ञानेन्द्र प्रसाद फुयाँल, मोरङ

भुवनेश्वर तिवारी, धनुषा

अमरेन्द्रबहादुर सिंह, मधेश

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports