२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

४ दिनदेखी लगातार बढ्दै आएकोसुनको मूल्य आज मंगलवार ५ सयले घट्यो, कतिमा हुदैँछ कारोवार ?

637
shares

चार दिनमा तोलामा १८ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ।

सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो सुनको भाउ तोलाको ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको थियो।

सुनको भाउ गएको आइतबार तोलामा २ हजार ८ सय, शुक्रबार ३ हजार ३ सय र बिहीबार ९ हजार ३ सय रुपैयाँ बढेको थियो।त्यसैगरी चाँदीको मूल्य भने आज पनि घटेको छ।

तोलामा ६५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ९ सयमा झरेको महासंघले जनाएको छ।हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports