२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा र खडकाको काग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको निवेदनमा सर्बोच्चमा सुनुवाई जारी

117
shares

काठमाडौं । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न दिएको पूरक निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो । देउवा र खड्काले गत मंगलबार पूरक निवेदन दर्ता गरेका थिए ।देउवा र खड्काले कांग्रेस विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गरिएको भन्दै महाधिवेशन अगाडी नबढाउन अन्तरिम आदेशको माग गरेका छन् ।

देउवा र खड्काले यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशन एवं निर्वाचन आयोगले वैधता दिनेगरी सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसलामा दिएको पुनरवलोकन निवेदनमा सर्वोच्चले निस्सा दिएको छ ।आजको सुनुवाईपछि सर्वोच्चले कांग्रेसको महाधिवेशन प्रक्रिया रोकिने या नरोकिने भन्ने विषयमा आदेश दिने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports