नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा छोछेन र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ब्यारियर लेक, आगामी तीन दिनमा फुट्ने जोखिम उच्च

767
shares

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि दुई नदीको संगमस्थलमा ठुलो प्राकृतिक बाँध सहितको ताल बनेको र आगामी तीन दिनमा यसको फुट्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।

चीनको केन्द्रीय टेलिभिजनका अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठुलो ‘ब्यारियर लेक’ बनेको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिन समेत थालेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी उक्त तालमा जम्मा हुने अनुमान गरिएको छ । पानीको मात्रा निरन्तर बढ्दै गएमा प्राकृतिक बाँध भत्किएर अचानक ठुलो बाढी आउन सक्ने भएकाले ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ ।

सम्भावित रूपमा प्राकृतिक बाँध फुटेमा बाढीको बहाव कता र कति तीव्र गतिमा पुग्न सक्छ भन्ने आकलन गर्न बाढी सम्बन्धी विभिन्न ‘सिमुलेसन’ तथा विश्लेषण समेत भइरहेको छ ।  जोखिमलाई ध्यानमा राख्दै  उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ । नेपाल–चीन सीमा क्षेत्रमा नेपालको भूभागबाट सुरु भएको विनाशकारी पहिरोले चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको क्यिरोङ बन्दरगाह आसपासमा ठुलो क्षति पुर्‍याएपछि अधिकारीहरूले विभिन्न मोर्चाबाट उद्धार तथा राहत परिचालन गरेका छन् ।

चिनियाँ जनमुक्ति सेना, आपत्कालीन उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले घटनास्थलमा जनशक्ति, विमान, उपकरण र आवश्यक सामग्री पठाइरहेका छन् । दुर्गम तथा कठिन भौगोलिक अवस्था, लगातार भइरहेको वर्षा र थप प्राकृतिक विपद्को जोखिमका बिच उद्धार कार्य चुनौतीपूर्ण बनेको चिनियाँ पक्षले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports