२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज शुक्रवार बसेको मन्त्रिपरिषदको निर्णय प्रधानमन्त्री सहित मन्त्रीहरूको एक महिनाको तलव दैबी प्रकोप उद्धार कोषमा दिने

533
shares

सरकारले रसुवागढी एवं भोटेकोसी नदीबाट प्रभावितहरुको पुनस्र्थापनाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठककले त्यस्तो प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेको शिक्षमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

त्यसैगरी मन्त्रिपरिषद्ले भारत सरकारसँग जीटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

यही भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि सरकारले गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports