काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा
वि.सं.२०८३ भदौ १२ शुक्रवार १८:३४
shares

काठमाडौँ। काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सडक विभागले जनाएको छ।
उक्त सडक खण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बांगे र गलौदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारु भएको हो । बाढीका कारण राजमार्गको गल्छी बैरेनी खण्डमा लेदो माटोले पुरिएको थियो । यसअघि उक्त माटो हटाएर बिहीबारदेखि एकतर्गफी यातायात सुचारु भएको थियो ।
पुल बगाएर बाटो पनि छोपेको जरिखेत खण्डको पनि लेदो हटाएर हटाई यातायात सुचारु भइसकेको थियो । यातायात सुचारु भएसँगै काठमाडौँ उपत्यकाको आपूर्ति प्रणाली सहज हुने विश्वास गरिएको छ । पृथ्वी राजमार्गलाई उपत्यकाको प्रमुख लाइफलाइन मानिन्छ।
































