२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी नदीमा आएको बाढीपछि उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री

676
shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीपछि उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत बाढीपछिको अवस्थामा राज्यले गरेका प्रमुख काम तथा प्रगतिबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।‘यस कठिन घडीमा विपद्‌बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ । उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर सटल फ्लाइट गरिरहेको, खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको लगायतका विषय उनले सञ्जालमार्फत जानकारी गराएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports