२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पहिचान हुन नसकेका शवको सनाखतका लागि अन्तराष्टिय सहयोगका लागि सरकारको अपिल

325
shares

परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तिब्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिएका छन्।

शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पु¥याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताएका हुन्।मन्त्री खनालकाअनुसार रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता अपर्याप्त रहेको छ। यसका लागि डिएनए परीक्षण र रिपोर्टिङमा सहयोग पुर्‍याउन विदेशी सरकारहरूलाई आग्रह गरिएको उनल बताए।

बाढी र पहिरोका कारण ४० भन्दा बढी पुल र धेरै सडक सञ्जाल अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती थपिएको छ। विपद्बाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै मन्त्री खनालले पुनर्निर्माण र पुनःस्थापनाका लागि अर्बौँ डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताए।हालसम्मको तथ्याङ्कअनुसार करिव १५ हजार निजी घर र ४२ वटा पुलमा क्षति पुगेको छ। यद्यपि ‘हानी र नोक्शानी’ को विस्तृत अध्ययनपछि मात्र यकिन तथ्याङ्क आउने उनको भनाइ छ।

विदेशी टोली र निजी हेलिकप्टर परिचालनका सम्बन्धमा उठेका जिज्ञासामा मन्त्री खनालले स्पष्ट पार्नुभयो कि हाल सबै उडानहरूलाई ‘एकीकृत कमाण्ड’ मार्फत सञ्चालन गरिएको छ।भौगोलिक जटिलता र सुरक्षा स्थितिलाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरण र सुरक्षा निकायको समन्वयमा विदेशी नागरिक तथा उद्धार टोलीहरूलाई अनुमति दिने प्रक्रिया मिलाइएको उनले जानकारी दिए।

उनले भने, ‘दुर्गम क्षेत्रमा औषधि र खाद्यान्न पुर्‍याउन हामीले ठूलो तौल बोक्न सक्ने (हेभी लोड लिफ्ट) ड्रोनहरूको सहयोग माग गरेका छौँ। स्थलगत टोली र सुरक्षा निकायको सुझावका आधारमा हामीले विशिष्ट प्रकारका सहयोगका लागि वैदेशिक नियोगहरूसँग समन्वय गरिरहेका छौँ।’सरकारको कार्ययोजनाबारे प्रस्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता ‘उद्धार’ मा रहेको र त्यसलगत्तै ‘राहत’ र ‘पुनर्निर्माण’ को चरणमा प्रवेश गर्ने बताए। २०७२ सालको भूकम्पपछिको अनुभव र संस्थागत स्मृतिलाई उपयोग गर्दै प्रभावित परिवारलाई आवास र अन्य सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको उनले दोहोर्‍याए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports