भोटेकोशी बाढी : आज शनिवार बेलुका ४ बजे सम्ममा ज्यान गुमाउनेको सख्या ६ सय ६९ पुग्यो
वि.सं.२०८३ भदौ १३ शनिवार १८:४५
shares

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६ सय ६९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मको तथ्यांक संकलन गरी सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट ती शवहरू बरामद गरिएका हुन् ।प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २४८ र नवलपरासी पूर्वमा १५८ शव फेला परेको छ ।
त्यसैगरी, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेको छ ।यसैबीच, बाढीमा परेका २ हजार ३ सय ७१ जनाको सकुशल उद्धार गरिएको छ । जसमा नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६ सय ७६ र धादिङबाट ३ जना रहेका छन् । बाढीमा घाइते भएकामध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा १४० जनाको उपचार भइरहेको तथा केही डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
विपद्का क्रममा उद्धारमै खटिएका २७ जना प्रहरी कर्मचारीहरू समेत हालसम्म सम्पर्कविहीन रहेका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यलाई तीव्र बनाउन ४ हजार ८ सय ५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

































