२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढी : अहिले सम्म ९ सय ३ जनाको ज्यान गयो, ४ हजार भन्दा बढी सम्पर्कबिहीन

351
shares

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९ सय ३ जनाको निधन भएको पुष्टि गरेको छ ।

बाढीमा परी हालसम्म २ सय ६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब चार हजार ३ सय ४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८ सय ९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा फसेका हालसम्म १० हजार ४ सय ५९ जनाको उद्धार गरिएको छ ।

प्राधिकरणका अनुसार, नेपाली सेनाले हेलिकप्टरमार्फत तीन हजार ३ सय ४४ नेपाली नागरिक र २ सय ५२ विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । त्यसका लागि हालसम्म ४ सय ११ पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ ।
सरकारले मुख्य प्रभावित रसुवामा एक करोड रुपैयाँ, नुवाकोटमा एक करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ नगद राहत सहयोग उपलब्ध गराएको छ । साथै प्रभावित १५ वटा पालिकालाई छ करोड ७५ रुपैयाँ लाख उपलब्ध गराएको जानकारी दिइएको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाउने काम भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports