यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपाका ४ जना प्रदेशसभा संदस्य सहित दर्जनौ कार्यकर्ता निष्कासित

611
shares

काठमाडौँ । जसपाले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

निष्कासनमा पर्नेमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फबाट निर्वाचित हेमा वेल्वासे (केसी), बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाल रहेका छन् ।उनीहरूले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा समेत सहभागी भएको विषयमा कारबाही गरिएको जसपाले जनाएको छ ।

भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सिरहा, पर्सा, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीलगायत जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा विभिन्न तहका कार्यकर्तामाथि पनि अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।बैठकले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मतिले स्वागत र समर्थन गरेको छ । मोर्चाले घोषणा गर्ने सम्पूर्ण कार्यक्रमलाई प्रभावकारी रूपमा सफल बनाउन पार्टीका सम्पूर्ण पङ्क्तिले सक्रिय सहभागिता जनाउने निर्णय पनि गरिएको छ ।

पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरिएको पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports