सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री, दाहाल, नेपालबीच भेटवार्ता बाताॅ, एमसीसीका बिषयमा भएन सहमति

533
shares

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अघि बढाउने बिषयमा सत्तारुढ प्रमुख तीन पार्टीका नेताहरुबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार प्रधानमन्त्रीको सरकारी निवासमा भएको एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा एमसीसी सम्झौता पेस गर्नुपर्ने प्रस्ताव गरेका थिए भने दाहाल र नेपालले यथास्थितिमा एमसीसी अघि बढाउन नसकिने भन्दै अस्वीकार गरेको बताईएको छ।

‘तीन जना नेताहरूबीचको भेटमा एमसीसीकै बारेमा छलफल भएको हो । यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने अडान प्रचण्ड र माधव नेपालले दोहोर्‍याउनुभएको छ,’ ती नेताका सचिवालयले भनेको छ, ‘सर्वपक्षीय सहमति नबन्दासम्म एमसीसी थाती राखौं भन्नेबारेमा छलफल भएको छ । तर, प्रधानमन्त्री त्यसका लागि राजी भइसक्नुभएको छैन ।’

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले टेलिफोन गरेर एमसीसी अघि बढाउन दबाब दिएपछि तीन शीर्ष नेताहरूबीच भएको यो दोस्रो भेट हो । उनीहरूले बिहीवार बिहान पनि एमसीसीका सन्दर्भमा बालुवाटारमा छलफल गरेका थिए ।

छलफलमा एमसीसी कार्यान्वयनमा आएको अमेरिकी दबाबको बारेमा पनि छलफल भएको बताइएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports