भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी बाढी अपडेट : निधन हुनेको सख्या १ हजार ३६७ पुग्यो, करिब ५ हजार १३२ अझै सम्पर्क बिहिन

299
shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३ सय ६७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको जानकारी दिएको हो ।

सबै भन्दा धेरै चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन्।

काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ। हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

बाढीमा करिव ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जानकारी दियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports