नेपाली काँग्रेसको महाधिवेशनलाई एमाले अध्यक्ष ओली, रास्वपा सभापति रविले सम्बोधन गर्ने अरू को कोले सम्बोधन गर्नेछन ?
वि.सं.२०८३ असोज १६ शुक्रवार १६:२३
shares

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशन उद्घाटन शत्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको जानकारी दिएका हुन् ।
यसैगरी रास्वपा सभापति रवि लामिछानेले पनि सम्बोधन गर्ने तय भएको छ । चालिसेका अनुसार नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाबाट राजेन्द्र लिङदेनले उद्घाटनमा सम्बोधन गर्नेछन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सम्बोधन गर्ने तय भएको हो ।






































