दाउन्नेमा ब्रेक फेलभएर बस दुर्घटना हुँदा ४ जनाका निधन ११ जना घाइते
वि.सं.२०८३ असोज १७ शनिवार १०:४४
shares

नवलपरासी । कोहलपुरबाट काठमाडौं जाँदै गरेको बस पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान पौने ४ बजे बसको ब्रेक फेल भएर नालामा पल्टिँदा १ महिला र ३ पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते ११ जनालाई उद्धार गरेर कावासोतीस्थित मध्यबिन्दु अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।





































