२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आज आइतबारको मौसम : मनसुनी वायुको आंशिक प्रभाव यी प्रदेशमा हल्का वर्षाको सम्भावना

494
shares

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू–भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

नेपाल जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मध्यमम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति भने देशका पहाडी र तराई भू–भागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा बिहानपख हुस्सु पनि लाग्नेछ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भाग र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports