स्थानीय निर्वाचन पनि एमालेसँग सहकार्य हुन्छ : पुष्पकमल दाहाल
वि.सं.२०८३ असोज १८ आइतवार ०९:२४
shares

काभ्रे । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले-नेकपाबीचको सम्बन्ध स्थानीय चुनावमा पनि हुने बताएका छन् ।
प्रदेशमा सत्ता साझेदारीमा रहेका दुई पार्टीको सहकार्य स्थानीय चुनावमा आवश्यक रहेको उनले बताए । ” यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ”, उनले भने ।दुई पार्टीबीचको सहकार्य सरकार सञ्चालनमा मात्रै सीमित नराखेर वैचारिक रूपमा थप सुदृढ गर्नुपर्ने उनले बताए ।
संयोजक दाहालले विद्यमान राजनीतिक परिस्थितिबाट निराश नभई अनुशासित र धैर्यतापूर्वक संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।


































