२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस महाधिवेशनलाई विदेशी पार्टी र नेताहरूले दिए शुभकामना

169
shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्।

कांग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले शुभकामना दिएका छन्।त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिएका छन्।

एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट पनि कांग्रेसलाई शुभकामना प्राप्त भएको छ। इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप) स्ट्यान्डिङ कमिटी, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।

कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आइतबारदेखि १५औँ महाधिवेशन सुरु गरेको हो। महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports