२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुर्खेतको पञ्चपुरीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

182
shares

सुर्खेत। पश्चिम सुर्खेतको पञ्चपुरीमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार अनियन्त्रित पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार, उनका अनुसार गाडीमा २१ जना सवार थिए।’आज बिहान साढे १० बजे गाडी दुर्घटना भएको हो,’ उनले भने, ‘घाइतेहरूको उद्धार कार्य सम्पन्न भइसकेको र थप उपचारका लागि प्रदेश अस्पताल पठाउने काम भइसक्यो।’

पञ्चपुरी आधारभूत अस्पतालमा उपचाररत घाइतेको विवरण-

१) अछाम तुर्माघाट गा.पा. ६ बस्ने वर्ष अं. २७ की जिवन कला बयकको टाउको र हातमा चोट अवस्था मध्यम

२) अछाम विनयक न.पा. १ बस्ने वर्ष अं. २५ को हेमन्त तिमल्सिनाको टाउको र हातमा चोट अवस्था मध्यम ऐ. ११;३० बजे प्रदेश अस्पताल काला गाउ रिफर

३) कैलाली कैलाली न.पा. ३ बस्ने सुनिल बादीको छोरा वर्ष अं. ३ को समिर बादीको टाउको र हातमा चोट अवस्था सामान्य

४) दैलेख ठाटिकान गा.पा. ३ बस्ने वर्ष अं. ४१ को विर्ख टमटाको हातमा चोट अवस्था सामान्य

५) ऐ.ऐ. बस्ने वर्ष अं. २० की सारदा टमटाको टाउकोमा चोट अवस्था सामान्य

६) अछाम कमलबजार न.पा. ७ बस्ने मिन भण्डारीको छोरा वर्ष अं. १५ को निरज भण्डारीको हातमा चोट अवस्था सामान्य

७) अछाम विनयक न.पा. ८ बस्ने वर्ष अं. ३५ को धिराज बि.क.को हातमा चोट अवस्था सामान्य

८) कैलाली लम्किचुहा न.पा. ४ बस्ने वर्ष अं. २० को गोपाल बोगटीको टाउको र हातमा चोट अवस्था मध्यम

९) ऐ.ऐ. बस्ने वर्ष अं. २० की शान्ति भण्डारीको टाउकोमा चोट अवस्था सामान्य

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports