२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आउदो मंगलवार देखी एक हप्तासम्म पानी पर्ने सम्भावना

130
shares

काठमाडौं । अर्को हप्ता झरीको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन् । अर्को हप्ता झरीको सम्भावना रहेको भन्दै उनले त्यसको ख्याल गर्न आग्रह गरेका छन् ।

मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले आउँदो हप्ता झरी पर्ने सम्भावना रहेको उनले प्रस्ट पारेका छन् । “अहिले लगभग सबै मोडेलले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले अर्को हप्ता झरी पर्ने देखिन्छ,” उनले भने ।मंगलबारदेखि करिब एक हप्ताभन्दा बढी समय नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत मोडेलहरूले देखाएको मौसमविद् पोखरेलले बताएका छन् ।

“केही ठाउँमा भारी वर्षा पनि हुन सक्छ । तर, वर्षाको स्थान र मात्रा फरक देखिएकाले अहिले नै कुन ठाउँमा कति पानी पर्छ भनेर तोक्न गाह्रो छ,” फेसबुकमा उनी लेख्छन्, “पूर्वानुमान अझै फेरिन सक्छ ।”मंगलबारदेखि धान काट्ने योजना छ भने मौसमको अपडेट हेरेर निर्णय गर्न उनले सुझाएका छन् । “सम्भव भए त्यसअघि नै काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा सकिएपछि काट्ने गरी योजना मिलाउँदा राम्रो हुने उनको भनाइ छ । केही स्थानमा असिनासहित वर्षाको सम्भावना पनि देखिएकाले यसतर्फ ध्यान दिन उनको आग्रह छ ।

“हिमाली क्षेत्रमा जोखिम बढी हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक छ,” उनी अगाडि लेख्छन्, “यात्रा वा ट्रेकिङमा हुनुहुन्छ अथवा जाने तयारीमा हुनुहुन्छ भने नियमित मौसम अपडेट र आधिकारिक सूचनाअनुसार योजना मिलाउनुहोला ।”

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports