नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलको तेस्रो सँस्करणको खेल आज देखी, उद्धाटन खेल लुम्बिनी र सुदूरपश्चिमबीच हुने

364
shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुन लागेको हो ।

यी दुई टोलीबीचको प्रतिस्पर्धा आज साँझ ५ बजे सुरु हुनेछ ।क्यानले हिजो आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिता ५ मंसिरसम्म सञ्चालन हुनेछ ।

एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ ।यस संस्करणको एनपीएलमा पहिलोपटक डीआरएस प्रणाली लागू गरिने क्यानले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports