२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न

156
shares

काठमाडौं । अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकी सरकारले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली देश र क्यानडाले उपलब्ध गराउनेछन् । यसमा अमेरिकी सरकारको कुनै रकम खर्च नहुने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।मन्त्रालयका अनुसार क्यानडा, जर्मनी र नर्वेले ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत उपलब्ध गराउने सहयोग तथा युरोपेली संघको युक्रेन सहायता ऋणबाट प्राप्त रकम प्रयोग गरेर युक्रेनले क्षेप्यास्त्र खरिद गर्नेछ । यसको मुख्य आपूर्तिकर्ता अमेरिकी कम्पनी लकहिड मार्टिन हुनेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र युक्रेनमा छिटो पठाउन आग्रह गरेका थिए । यद्यपि क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने अनुमान गरिएको छ ।प्याट्रियट प्रणालीलाई रुसी ब्यालेस्टिक क्षेप्यास्त्र खसाल्न प्रभावकारी मानिन्छ । रुसले पछिल्लो समय युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रस्तावित बिक्रीले युरोपको राजनीतिक तथा आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने साझेदार मुलुक युक्रेनको सुरक्षा मजबुत बनाउने उल्लेख छ ।क्षेप्यास्त्र बिक्रीको स्वीकृति यस्तो समयमा आएको छ, जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच सम्बन्धमा तनाव देखिएको थियो ।

यसै महिनाको सुरुमा रुसबाट डिजेल आपूर्ति सुनिश्चित गर्ने सम्झौताको हिस्साका रूपमा अमेरिकाले रुसमाथिका केही प्रतिबन्ध खुकुलो पारेपछि जेलेन्स्कीले असन्तुष्टि जनाएका थिए ।ट्रम्पले रुससँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि युक्रेनलाई नयाँ नेतृत्व आवश्यक रहेको अभिव्यक्तिसमेत दिएका थिए ।

तर, अक्टोबर २० मा नर्वेको ओस्लोमा जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँग वार्ता गरेपछि दुई देशबीचको तनाव केही मत्थर भएको थियो ।रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । त्यसअघि नै रुसले सन् २०१४ मा क्रिमिया र पूर्वी युक्रेनको डोनबास क्षेत्रका केही भूभाग नियन्त्रणमा लिइसकेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports