२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य सुरु : प्रधानमन्त्री

949
shares

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य सुरु गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमै बनेका गेमिङ एपहरूले विश्वभर नाम कमाइरहेको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधान र प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चालिरहेको बताए । संसारकै चर्चित ‘लुडो’ (करिब २०० मिलियन डाउनलोड) र ‘कलब्रेक’ गेम (१५० मिलियनभन्दा बढी डाउनलोड) नेपालीले नै बनाएको स्मरण गराउँदै उनले सयौँ युवाहरू अहिले पनि गेम विकासमा सक्रिय रहेको बताए । प्रधानमन्त्री शाहले गेमिङ डेभलपरहरूसँग छलफल गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको समेत उल्लेख गरे।

नेपालबाटै विश्वस्तरीय ‘ग्लोबल युनिकर्न’ (Global Unicorn) कम्पनीहरू स्थापना गर्न सहज वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले आईटी (IT) उत्पादन र निर्यातको सम्भावनालाई मध्यनजर गर्दै कम्पनीहरूलाई सहजै आम्दानी गर्न र पुनः लगानी (Re-invest) गर्न प्रोत्साहनका लागि कर प्रणालीमा सहजता र नीतिगत सुधार गरिने, अन्तर्राष्ट्रिय आम्दानीका क्षेत्रमा रहेका कडा तथा परम्परागत नियमहरूलाई अझ खुकुलो र सहज बनाइने बताए। गेमिङ र समग्र आईटी क्षेत्रलाई प्रवर्द्धन गर्न ‘गेम ज्याम’ (Game Jam), ‘स्टार्टअप इभेन्ट्स’ तथा ‘ह्याकाथन’ (Hackathons) जस्ता कार्यक्रमहरूमा लगानी गरिने र आईटी क्षेत्र, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच निरन्तर र नियमित छलफलको वातावरण मिलाइने उनले बताएका छन्।

नेपालको आईटी तथा गेमिङ क्षेत्र अहिले निकै आशाजनक अवस्थामा रहेको र नेपाली प्रतिभालाई विश्व बजारमा स्थापित गराउन सरकारले पूर्ण सहयोग गर्ने प्रधानमन्त्री शाहको भनाइ छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports