२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शनिबार देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा

494
shares

काठमाडौँ । शनिबार देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ।

हाल गण्डकी प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। बागमती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परेको छ।यसैगरी कोशी र लुम्बिनीका थोरै ठाउँ तथा सुदूरपश्चिमका एक-दुई ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टाको तथ्याङ्क हेर्दा तनहुँको साखरमा सबैभन्दा धेरै पानी परेको छ। त्यहाँ ३६ मिलिमिटर वर्षा मापन भएको छ।

आज दिउँसो पनि देशभरको मौसम यस्तै रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। ‘आज दिउँसो सबैजसो सहरमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ,’ मौसम पूर्वानुमानमा भनिएको छ, ‘विराटनगर र धरानमा भने हल्का मात्र वर्षा हुने सम्भावना छ।’वर्षाको सम्भावना काठमाडौँ र पोखरामा सबैभन्दा धेरै अर्थात् ८० प्रतिशत रहेको छ। जिरीमा ७० प्रतिशत तथा भैरहवा, सिमरा, ओखलढुङ्गा र जोमसोममा ६० प्रतिशत वर्षाको सम्भावना छ।दिउँसोको अधिकतम तापक्रम धनगढी र नेपालगन्जमा २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। जोमसोममा भने अधिकतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियस मात्र रहनेछ।

दिउँसो पानी परे पनि आज राति भने कतै पनि वर्षा हुने सम्भावना छैन। सबै सहरमा रातिको वर्षा सम्भावना शून्य प्रतिशत देखाइएको छ। रातिको समयमा जुम्ला र जोमसोममा आंशिक बादल लाग्नेछ।ओखलढुङ्गा र जिरीमा मौसम मुख्यतया सफा रहनेछ। अन्य अधिकांश सहरमा भने बिहानीपख हुस्सु वा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।

तापक्रमको कुरा गर्दा राति जुम्ला र जोमसोमको मौसम निकै चिसो हुनेछ। जुम्लाको न्यूनतम तापक्रम माइनस २ देखि शून्य डिग्री सेल्सियससम्म झर्नेछ। जोमसोमको तापक्रम माइनस १ देखि १ डिग्री सेल्सियस रहने अनुमान छ। भैरहवामा भने रातिको तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बिचमा रहनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports