२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन

468
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

पार्टीले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि समेत सरकारलाई निर्देशन दिएको हो ।बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने घटनालाई बैठकले गलत भनेको बताए ।

उनले भने, ‘हिजो जुन घटना भयो त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्‍यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।’

उनले कारबाही गर्दा कुनै पनि सम्झौता नगर्न र शीघ्र कारबाही गरेर परिणाम देखाउन पनि सरकारलाई आग्रह गरे । खरेलले रास्वपाले सोसल डेमोक्रेसीलाई आत्मसात् गर्ने स्पष्ट पार्दै प्रेस स्वतन्त्रताप्रति पार्टीको प्रतिबद्धता दोहोर्‍याए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports