२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायाधिसविरूद्ध रास्वपाले महाभियोगको प्रक्रिया संसदबाट अघि बढाउने ?

182
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार अब पार्टीले संसदीय दलको बैठक राखेर प्रक्रिया अघि बढाउनेछ ।पार्टी प्रवक्ता जगदिश खरेलले पनि अब न्यायपालिकाको पुनःसंरचना आवश्यक भएकाले न्याय निरुपणका सन्दर्भमा संसद्मार्फत् नै निकास निकाल्ने निर्णय भएको बताए ।

पत्रकारले उनलाई ‘महाभियोग’ मै अघि बढ्न लाग्नुभएको हो भनी सोधेको प्रश्नमा उनले भने– न्यायपालिका पुनःसंरचना आवश्यक भएकाले यसको छिनोफानो गर्ने निकाय संसद् नै हो । संसद्मार्फत् यो कुरा अघि बढाउने निर्णय भएको छ ।”उनले पछिल्ला दिनमा मिडिया र सामाजिक सञ्जालमा न्यायाधीशका विषयमा जसरी विषयहरु सार्वजनिक भएका छन् त्यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्न लागेको बताए ।

न्यायाधीश हरि फुयाँलले विचौलिया इनम सापकोटासँग गरेको ह्वाट्सएप कुराकानी सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर सभापति रवि लामिछानेले पनि यसअघि सांसदहरुसँग छलफल गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports