विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महानिरीक्षक पदबाट हटाइएका कार्कीलाई अदालतले न्याय दिन्छ भन्ने विश्वास छ : प्रचण्ड

1.2K
shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले दानबहादुर कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन् ।

आन्दोलनको तयारीका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो अभियान सकिएपछि त्यसको समीक्षा गरेर मात्रै अगाडिको योजना बनाइने उल्लेख गरे । उनले एमालेसँग मात्रै नभई कांग्रेस र संविधान शान्तिप्रतिको निम्ति सहभागी सबैलाई एक ठाउँमा जोडेर अघि बढ्ने बताए ।

वर्तमान सरकारको काम कारबाहीका प्रश्नमा उनले सरकार झिलिमिलीमा रमाएको टिप्पणी गरे । सरकारले ल्याएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेश बारेमा उनले यसलाई सुधार गरेर मात्रै अघि बढाउनुपर्नेमा जोड दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports