सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्यदिशामै नेकपाभित्र असन्तुष्टि

598
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्रको केही समयदेखि चर्किँदै आएको बैचारिक कार्यदिशा विवाद केही समयका लागि साम्य भएको छ । पार्टी एकताकै क्रममा भएको सहमतिमा तत्कालका लागि पार्टीको बैचारिक कार्यदिशा जनताको जनवाद हुनेछ भन्ने विषयलाई नै पार्टीका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले सहमति जनाएपछि अहिलेको लागि त्यो विवाद साम्य भएको छ ।

पार्टी एकीकरण हुनुभन्दा पहिला नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको बैचारिक कार्यदिशा मान्दै आएको थियो । तर तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा जनताको जनवादलाई स्वीकार गर्ने सहमति भएको भन्दै तत्कालिन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले त्यसलाई स्वीकार नगरिए जे पनि हुन सक्ने अभिव्यक्ति दिँदै आएका थिए । त्यही कारण पार्टीले आफ्नो राजनीतिक प्रतिवेदन समेत सार्वजनिक गर्न सकेको थिएन । एकवर्षदेखि केहीमा सहमति भएपनि पार्टीको राजनीतिक प्रतिवेदन सार्वजनिक हुन नसकेकोमा अनेक प्रकारका आशंकाहरु उत्पन्न हुँदै आएकोमा अहिले त्यस विषयमा सहमति भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले तत्कालिन एमालेले अघि सार्दै आएको जनताको बहुदलीय जनवादलाई नै पार्टीको राजनीतिक कार्यदिशा राख्नुपर्ने अडान अघि सारेपछि पार्टीभित्रका पूर्व एमाले र पूर्व माओवादी धारबीच ध्रुवीकरण बढेको थियो । एकताको प्रक्रिया समेत पुरा नहुँदै सिद्धान्तको विवाद बल्झिएको थियो । यो विषयलाई अध्यक्ष ओलीले नै अघि सारेपछि पूर्व माओवादी नेताहरु ओलीसँग चिढिएका थिए । यस विषयले गर्दा एकताको प्रक्रिया नै भाँडिन सक्ने सम्भावना बढेपछि गतसातामात्र दुवै अध्यक्ष मिलेर अघि बढ्ने र विगतमा भएका सहमतिलाई सबैले स्वीकार गरी मान्यता दिने सहमति भएको थियो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार गर्नेगरी समिति बनाइएको र नेपाल संयोजक रहेको समितिले प्रतिवेदन तयार गरी दुवै अध्यक्षलाई बुझाएको थियो । त्यसबेला दुवै अध्यक्षले प्रतिवेदन अध्ययन गरेर आवश्यकता अनुसार सम्पादन गरी प्रकाशनमा लैजाने भनिएकोमा सैद्धान्तिक विषयमा नै दुईपक्षबीच फरक–फरक धारणा आएपछि राजनीतिक प्रतिवेदन प्रकाशनमा ढिलाई भएको थियो । राजनीतिक प्रतिवेदन नै नहुँदा नेकपाको राजनीतिक र वैचारिक कार्यदिशा के हो ? भन्नेमा नेता र कार्यकर्ताहरु नै अलमलमा परेका थिए । दुई अध्यक्षबीच जनताको जनवादलाई नै राजनीति कार्यदिशा स्वीकार गर्ने सहमति भएपछि पूर्व एमाले पक्षका केही नेताहरु र कार्यकर्ताहरु भने असन्तुष्ट रहेका छन् ।

पार्टी एकता गर्दा कुनै विषयमा प्रष्ट नभई हतार हतारमा पार्टी एकीकरण गरिएको घोषणा गरिएको हुनाले अहिले आएर पार्टीभित्र विवाद उत्पन्न भएको हो । अब राजनीतिक प्रतिवेदन सार्वजनिक भएपछि पार्टीले पूर्णता पाउने नेताहरुले विश्वास गरेपनि पूर्व एमालेका केही नेताहरुले एमालेले स्वीकार गर्दै आएको जनताको बहुदलीय जनवादलाई छोडेको भन्दै असन्तुष्टि जनाएका हुनाले, नेकपाभित्रको विवाद सडकमै पोखिन सक्ने सम्भावना समेत देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports