आज मंगलवार पनि प्रतितोला १ हजार ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोवार ?
वि.सं.२०८३ मंसिर १ मंगलवार १३:११
shares

काठमाडौँ । नेपाली स्थानीय बजारमा आज (मङ्गलबार) पनि पहेँलो धातु सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले ओरालो लागेको हो ।
महासङ्घका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि साताको दोस्रो दिन अर्थात् सोमबार स्थानीय बजारमा सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । महासङ्घले जनाएअनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको दरभाउमा निरन्तर परिवर्तन हुँदै आएको छ ।

































