विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकिङ कसुरमा ग्रीनलाइनका सञ्चलक अमित पक्राउ

650
shares

काठमाडौं । बैंकिङ कसुरमा ग्रीनलाइनका सञ्चलक अमित अग्रवाल पक्राउ परेका छन् । पैसा नभएको चेक दिएको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी परेपछि गत शनिबार अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले काठमाडौंको दरबारमार्गमा ग्रीनलाइन स्टोरबाट मदिरा बिक्री गर्ने गरेका थिए । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले पैसा नभएको चेक दिएको भनेर उजुरी गरेपछि अमित अग्रवाल पक्राउ परेको बताएका छन् ।

संजय अधिकारी र टंक शम्शेर जबरालाई चेक पैसा नभएको चेक दिएको भनेर उजुरी गरेका थिए । अधिकारीलाई ५० लाख र जबराको १ करोड ५० लाखको पैसा नभएको चेक दिएका करण अग्रवाल पक्राउ परेका हुन् ।

उनले आफ्नो ऋणभन्दा धितो राखेको सम्पति धेरै भएकाले ऋण तिर्न केही समस्या नभएको बताउँदै आएका थिए । अग्रवालको परिवार नै केही समय अघि भारत गएका थिए।

उनकी बहिनी रजनी अग्रवालले आफ्नो दाजु लगायत परिवार नै हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन् । हराएको करिब १ महिना पनि अमित अग्रवालले काठमाडौं आएर पत्रकार सम्मेलन गरेर सबैको पैसा तिर्ने बताएका थिए ।

अग्रवालले ४ वटा बैंक, केही वित्तीय संस्था तथा केही व्यक्तिसँग समेत पैसा लिएर आफ्नो व्यापार गर्दै आएका थिए । कोरोनाको कारणले आफ्नो व्यापार समस्या परेर समस्या परेको बताएका थिए । पैसा दिनुपर्ने व्यक्तिहरुले फोनमा धम्काउने गरेकाले आफ्नो परिवालाई मानसिक समस्या परेकाले भारत उपचार गर्न गएको अग्रवालले बताएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports