प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालको एजेण्डा- धर्म निरपेक्षता खारेज, संघीयता संशाेधन

507
shares

 

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपालमा बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपमा बढ्दै गएको जनाएको छ ।

एमसीसी विवादले पनि नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा देखिाएको राप्रपा नेपालको भनाई छ ।

प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदुरदर्शिताका कारण नै एमसीसी अनावश्यक विवादको बन्धक बनेको धारणा राप्रपा नेपालले सार्वजनिक गरेको छ। एमसीसीका विषयमा नेपाली जनताको चासो बढेका बेला मित्रराष्ट्रहरु चीन र अमेरिकाले व्यत्तः गरेको चासोलाई गम्भीर रुपमा लिनुपर्ने सो पार्टीको भनाई छ ।

थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गरेको छ । यस्तै, पृथ्वीारायण शाहलाई आदर्श पुरुष र उनको दिव्य उपदेशलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

यस्तै धर्मनिरपेक्षता बिनाशर्त खारेज गर्नुपर्ने तथा संघीयताको अहिलेको स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग पनि गरेको छ ।

 

यसैगरी संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना तथा सुशासन र समृद्धिलाई पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने निर्णय पनि सो पार्टीले गरेको छ ।

पछिल्लो समय पटक पटक गरी बढेको पेट्रोलियम पदार्थको मूल्यप्रति भन्सार गर्दै फिर्ता लिन माग पनि सो पार्टीले गरेको छ ।

स्थानीय तह निर्वाचनको तयारीका लागि स्थानीय निकाय निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports