प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलायतमा कोरोना सम्बन्धित सबै नियम हटाईयो

585
shares

बेलायतमा फेब्रुअरी २४ तारिख बाट कोभिड सम्बन्धि बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझको पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेका हुन् ।

आउँदो बिहीबार देखि कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न पर्ने कानूनी बाध्यता रहने छैन । यद्यपि कोरोना पोजिटिभ भएमा घरमै बस्न सुझाव दिइए पनि यसलाई बाध्यात्मक रुपमा भने लागू गरिने छैन । सोही दिन बाट कन्ट्याक्ट ट्रेसिंङ सम्बन्धी व्यवस्थाको पनि अन्त्य गरिनेछ ।

यसैगरी हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट पनि खारेज हुने भएको छ । हाल निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने भएको छ । तर, जोखिममा रहेका ८० वर्ष माथि उमेर भएका र केयर होममा रहेका मानिसको हकमा उक्त नियम यथावत नै रहनेछ । होम आइसोलेशन बसे वापत निम्न आय भएकालाई सरकारले उपलब्ध गराउँदै आएको पाँच सय पाउण्ड पनि हटाइने भएको छ । आउँदो बुधबार बेलायतको संसदमा मतदान गरिने र संसदले पारित गरेपछि बिहीबारबाट कोभिड सम्बन्धी नयाँ नियम कार्यान्वयन हुनेछ ।

राष्ट्रिय तथ्यांकको कार्यालयका अनुसार गतहप्ताको आंकडाका आधारमा अझै पनि बेलायतमा २० जनामध्ये एक जनामा कोभिड संक्रमण हुने गरेको बताएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports