गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनीको मूल्य बढाउन अग्रवालको दवाव

598
shares

काठमाडौ । गत वर्ष भाद्रं ५ गते मन्त्रिपरिषद्को बैठकले चिनी आयातमा कोटा निर्धारण गरी असार मसान्तसम्मलाई तोकिएभन्दा बढी चिनी आयातमा प्रतिबन्ध लगाएको थियो । केही काला व्यापारीहरुको अनुरोधमा सरकारे १ लाख मेट्रिक टन मात्र चिनी आयात गर्न दिने निर्णय गरेको थियो । त्यसबेला सरकारले स्वदेशी, चिनी उद्योगीहरुलाई संरक्षण गर्ने भन्र्दै व्यापारीहरुको मागलाई सम्बोधन गरेको थियो । चिनी आयातमा कोटा निर्धारण भएकै भोली पल्टदेखि व्यापारीहरुले चिनीको मूल्य बढाएका थिए । त्यस विषयमा प्रधानमन्त्री केपी ओलीले चिनी उद्योगीहरुले आफूलाई झुक्याएको आरोप सार्वज्निक रुपमै लगाएका थिए । तर प्रधानमन्त्री ओलीले आफूलाई झुक्याउने व्यापारी र उद्योगीहरुलाई कुनै काबराही भने गरेनन् ।

नेपाललाई वार्षिक २ लाख ४० हजार मेट्रिकटन चिनीको आवश्यकता पर्दछ । त्यसमध्ये नेपाली चिनी उद्योगले १ लाख ३० हजार मेट्रिकटन चिनी उत्पादन गर्ने गरेको बताएका छन् । तर वास्तावमा नेपालमा त्यति चिनी उत्पादन हुँदैन । चिनी मिलहरुले उखु खरिद गरेवापत् कृषकहरुलाई अहिलेपनि झण्डै ३ अर्ब रुपैँया भुक्तानी गर्न बाँकी रहेको छ । चिनी मिल मालिक र व्यापारीहरु एउटै भएकाले त्यस्ता मिल मालिकहरुले भारतबाट सस्तोमा चिनी ल्याएर नेपालमा उत्पादित भएको स्टीकर टाँसेर चिनी बेच्ने गरेका छन् । पछिल्लो समयमा चिनीको स्टक सकिएको भन्दै व्यापारीहरुले चिनीको मूल्य बढाउने गरी सरकारलाई दबाव दिँदै आएका छन् । अहिले बजारमा चिनीको मूल्य ९० देखि १०० रुपैँया सम्ममा विक्रि वितरण भइरहेको छ भने भारतमा त्यही चिनी भारु ३५ रुपैँयामा पाइने गरेको छ ।

काला व्यापारीहरुको कुरा सुनेर सरकारले सरकारी लगानी समेत भएको साल्ट टेडिङ्ग कर्पोरेशनलाई चिनी आयात गर्न अनुमति नदिएको र साल्टसँग चिनीको स्टक सकिएको मौका छोपेर नेपालीहरुको महान चाडपर्वको अवसरमा चिनीको मूल्य बढाउने चलखेल गरिरहेका छन् । साल्टले चिनी आयातका लागि सम्बन्धित मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग चिनी आयात गर्ने अनुमति मागेपनि आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयको सहमति चाहिने भन्दै अर्थमा पत्राचार गरेपछि फाइल त्यत्तिकै राखिएको छ । अर्थले सहमति दिएर आपूर्ति मन्त्रालयलाई पत्राचार गरेपनि साल्टले दशैं तिहार अघि चिनी ल्याउन सक्ने सम्भावना नभएकाले काला नाफाखोर व्यापारीहरुले त्यही मौकाको फाइदा उठाएर चिनीको मूल्य बढाउन लविङ्ग गरिरहेका हुनाले दशैं तिहारमा जनताले सहज रुपमा चिनी खरिद गर्न पाउने सम्भावना न्यून रहेको छ ।

सत्ताधारी दलका सांसद मोतिलाल दुगड र चिनी मिलका मालिक एवं व्यापारी शशीकान्त अग्रवालको मिलेमतोमा साल्टलाई ध्वस्त पारेर नुन लगायतका अन्य बस्तुहरुको व्यापार गर्ने प्रमुख उदेश्यका साथ सरकारलाई समेत ढाँटेर चिनीको हाहाकार पार्ने उदेश्इसहित चिनीको मूल्य बढाउन सरकारलाई दवाव दिईरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सूत्रले दाबी गरेको छ । स्मरण रहोस् तिनै अग्रवालका छोराले सरकारले निर्णय गर्नुभन्दा दुई महिना अगाडि नै नुनको विक्रि गर्न डिलरसिप मागेका थिए । यसरी षड्यन्त्र गर्न माहिर रहेका अग्रवालको पञ्जामा सरकार फसेर चिनीको मूल्य बढाएको खण्डमा त्यो भन्दा ठुलो दुर्भाग्य जनताका लागि अर्को हुन सक्दैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports