प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओली आज पोखरा जाने, पार्टी प्रबेशको कायॅक्रममा सहभागी हुने

624
shares

पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा आइपुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए । ‘उहाँ ११ बजे पोखरा आएर साढे २ बजे फर्किने कार्यक्रम छ । एमसीसीले विकास गरेको पछिल्लो घटनाक्रमले पनि उहाँ पोखरा आउने कार्यक्रम रोकिंदैन’, आचार्यले भने ।

विभिन्न पार्टी परित्याग गरेर ठूलै संख्यामा नेता, कार्यकर्ता आउने भएपछि तिनलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली नै पोखरा आउने कार्यक्रम तय भएको उनको भनाइ छ ।

पहिले एमालेमै रहेका र जनजाति आन्दोलनको मुद्दा उठाउँदै अशोक राईहरु सँगै बाहिरिएका गणेशमान गुरुङ फेरि एमालेमै प्रवेश गर्दैछन् ।एकीकृत समाजवादी पार्टी रोजेका केही नेता कार्यकर्ता, विवेकशील साझा पार्टी बाट अलग्गिएकाहरू पनि एमालेमा प्रवेश गर्न लागेको उपसचिव आचार्यले बताए ।

जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङ एमाले प्रवेश गर्न लागेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports