२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा

195
shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको छ ।

त्यसमध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन ।नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध थियो । भारतले नेपालले अनुरोध गरेअनुरुप नै सहयोग घोषणा गरेको हो ।१ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।

भारतले नेपालका लागि हालसम्म चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले दुई वर्षअघि २०८१ मा ९० करोड डलर लाइन अफ क्रेडिट रद्द गरेको थियो ।यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमण गर्दा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेको थिए । सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएपछि त्यसलाई भूकम्पको पुनर्निर्माणका लागि गर्ने सहयोगमा रुपान्तरण गरिएको थियो ।त्यो एक अर्ब डलरमध्य २५ करोडलाई अनुदान र ७५ करोडलाई ऋण बनाइएको थियो । २५ करोड डलर सहयोग भूकम्पपछिको पुनर्निर्माणमा खर्च भयो । तर ७५ करोड डलर लाइन अफ क्रेडिट मध्ये ५ करोड डलर मात्रै खर्च हुनसक्यो ।

भारतको लाइन अफ क्रेडिटबाट बन्ने आयोजनामा ७५ प्रतिशत वस्तु भारतीय नै उपयोग गर्नुपर्ने नियम रहेकाले भारतले घोषणा गरेको मध्ये करिब ८५ अर्ब भारु ऋण उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतले बतायो ।‘भारतले पहिल्यै प्रतिबद्धता गरेको ९० करोड डलर खर्च हुन नसकेपछि नेपालले २०२४ मा रद्द गरेको थियो । त्यसमा १० करोड डलर हाराहारी थपर १ खर्ब भारुको एलओसीको घोषणा होस् भन्ने हाम्रो अनुरोध थियो । त्यसमा भारत सहमत हुन्छ होला । तर, अनुदान रकम भने कम गरेर मात्रै सहमति भयो,’ स्रोत भन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports