यस्तो छ आज सोमवारकालागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ मंसिर ७ सोमवार ०८:३३
shares

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकन डलर, कुवेती दिनारसहित कतिपय मुद्राको विनिमयदरस्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ थप घटेको छ।बहराइनसहित कतिपय मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।
हिजो अमेरिकन डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइनसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर स्थिर थियो।आज अमेरिकन डलर १ को खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकन डलरको विनिमयदर यही थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।त्यसैगरी युरो १ को खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा छ। हिजो युरो १ को खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा थियो।आज अस्ट्रेलियन डलर १ को खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ४८० रुपैयाँ ८९ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९२ रुपैयाँ ३१ पैसा बिक्रीदर ३९३ रुपैयाँ ९० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९२ रुपैयाँ २९ पैसा बिक्रीदर ३९३ रुपैयाँ ८८ पैसा थियो।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।आज स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ १८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ।
आज थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २९ पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९९ पैसा र बिक्रीदर ११ रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७१ पैसा र बिक्रीदर २१ रुपैयाँ ८० पैसा तोकिएको छ।
आज हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा रहेको छ।राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ।

































