२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

65
shares

नयाँ दिल्ली । नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु भएको छ ।

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका छन् ।भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने छ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ ।

यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ।

६०४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिनेछ। यो रेलको सुरक्षा कसले कसरी गर्ने भन्नेमा नेपाल र भारतबीच लामो समय छलफल चलेको थियो । भारतीय रेल नेपाली भूमिमा चल्दा त्यसको सुरक्षा कसले गर्ने भन्ने प्रश्न थियो । नेपालले नेपाली भूमिमा आफ्नै सुरक्षाकर्मी हुने भनेको थियो । भारतले भारतीय रेल भएकाले रेल जहाँसम्म जान्छ त्यहाँसम्म आफ्नै सुरक्षाकर्मी हुने बताएको थियो ।

माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सिधा रेलमार्गले जोडेर रामायण सर्किट पर्यटनलाई प्रवर्द्धन गर्न दुवै देशले यो रेल सेवा सञ्चालन थालेका हुन् । यो सेवा सुरु भएपछि नेपालका अरू शहरहरूमा जनकपुरबाट हवाई सेवा सुरु गर्ने योजना छ ।जनकपुरबाट पोखरा हवाई सेवा सुरु गरी जनकपुर आएका पर्यटकलाई अन्य स्थानसम्म पुर्‍याउने नेपालको योजना छ ।रेल सेवा सञ्चालनले त्यस क्षेत्रका नागरिकलाई सुविधा त थपिने नै छ यसले दुई देशबीच शताब्दीयौँदेखि कायम धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई भौतिक रूपमा जोड्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो। त्रेतायुगमा जनकपुरका राजा जनककी पुत्री सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई धार्मिक नगरीलाई रामायणको साझा सांस्कृतिक परम्परासँग जोडेको छ।जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप तथा अयोध्यास्थित राम मन्दिरलगायतका धार्मिक स्थलले नेपाल र भारतबीचको साझा धार्मिक आस्था र सांस्कृतिक विरासतलाई प्रतिनिधित्व गर्दै आएका छन्।

विशेषगरी विवाहपञ्चमी महोत्सवका अवसरमा अयोध्याबाट आउने जन्ती र जनकपुरधामबाट जाने भारसहितको धार्मिक परम्पराले यी दुई सहरबीचको ऐतिहासिक सम्बन्ध छ ।प्रत्येक वर्ष विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम आउने साधु, सन्त तथा श्रद्धालुहरूको सहभागिताले पनि दुई धार्मिक नगरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports