फेरी देउवा दाहाल बीच भेटवार्ता
वि.सं.२०७८ फागुन १३ शुक्रवार १७:४०
shares

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी छन् ।
भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ।































