सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजको मौसम कस्तो रहला

403
shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहेको छ।

शनिबार देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरूमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भाग एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports