सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संयुक्त राष्ट्रसंघमा रुसले गर्यो भिटोको प्रयोग

468
shares

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा युक्रेन सँग जोडिएको एक प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ । परिषद्मा रुसको आक्रमणलाई निन्दा गर्ने प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले भोट गरेका थिए । तर रुसले स्थायी सदस्यको रुपमा आफ्नो भिटो प्रयोग गरेर त्यसलाई रोकेको हो । यसमा भारत, चीन र यूएईले भाग लिएन ।

संयुक्त राष्ट्रमा रुसी दूतले रुसले युक्रेन या युक्रेनको नागरिक विरुद्ध सैन्य कारबाही सुरु नगरेको र डोनबासका नागरिकको सुरक्षाका लागि आफूहरूले यो कदम उठाएको स्पष्ट पारेका थिए । सुरक्षा परिषद्मा भारतका प्रतिनिधि टीएस तिरुमुर्तिले युक्रेनको पछिल्लो घटनाक्रम बाट भारत चिन्तित रहेको बताउँदै हिंसा चाँडै नै अन्त्य गर्न आग्रह गरे ।

सुरक्षा परिषद्मा युक्रेन माथि रुसको हमला रोक्न र सेना फिर्ता बोलाउनका लागि भोटिङ गरिएको थियो । रुस सुरक्षा परिषद्का पाँच स्थायी सदस्य मध्ये एक हो । उ सँग भिटो प्रयोगको शक्ति रहेको छ । रुसका साथै अमेरिका, चीन, फ्रान्स र बेलायत सँग पनि यो शक्ति रहेको छ ।

संयुक्त राष्ट्रमा अमेरिकी राजदूत लिंडा थोमस ग्रीनफिल्डले रुसको कदमलाई प्राथमिक सिद्धान्त माथिको हमला भएको बताएकी छन् । उनले रुसले भिटोको शक्तिको गलत प्रयोग गरेको बताइन् । उता, युक्रेनका राष्ट्रपछि वोलोदिमिर जेलेन्स्कीले परिषद्मा युक्रेन माथिको हमलाको मुद्दा उठाएकोमा सदस्य राष्ट्रहरुलाई धन्यवाद दिएका छन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports